काठमाडौं/सम्सारा रेमिट प्रा.लि. ले खाडी मुलुकमा आफ्नो सेवालाई अझै बिस्तार गर्दै उद्देश्यले कतार स्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्ज (NATIONAL EXCHANGE CO.W.L.L.) सँग विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धि द्धिपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा सम्सारा रेमिट प्रा.लि. को तर्फबाट डाइरेक्ट व्यवसाय प्रवन्धक सुरज क्षेत्री र नेशनल एक्सचेन्जको तर्फबबाट महाप्रवन्धक मोहमद मुस्ताफाले सम्सारा रेमिट प्रा.लि.को मुख्य कार्यालयमा कार्यक्रममा हस्ताक्षर गरेको छ । उक्त कार्यक्रममा नेशनल एक्सचेन्जका प्रमुख संचालक साईद अलिको पनि उपस्थित रहेको थियो । हस्ताक्षर पछि नेशनल एक्सचेन्जका महाप्रवन्धक मोहमद मुस्ताफाले भने “सम्सारा रेमिट प्रा.लि.ले कतारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको हुदाँ दुई कम्पनी बीचको सहकार्यले गर्दा आउने दिनमा ग्राहकले विशिष्ट सेवा पाउने छन्।”
सहकार्यले सम्साराको कतारमा थप सञ्जाल विस्तार भएको छ । यस सम्झौता अनुसार कतारमा रहेका नेपालीहरुले आफुले कमाएको रकम नेशनल एक्सचेन्जको ५ वटा शाखाबाट सजिलै सँग नेपालमा पैसा पठाउन सक्नेछ । सो रकम सम्सारा रेमिटको नेपालै भरी रहेको ५६०० भन्दा बढी सब एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन । रकम बुझिलिने व्यक्तिको नेपालमा कुनै पनि बैक तथा वित्तिय संस्थाहरुमा रहेको खातामा रकम जम्मा गराइदिने समेत व्यवस्था गर्दछ ।सम्सरा रेमिट २०६३ सालमा स्थापना भइ विश्वका सबैजसो देशहरुबाट नेपाली कामदारहरुले कमाएको रकम विदेशी मुद्रामा भित्र्याउने कार्य गर्दै आएको छ ।


















