आफ्ना भड्किएका सबै छोरालाई बोलाएर आत्मसमर्पण गर्न लगाउनु होस् नभए सबै मारिन्छन् भन्दै भारतीय सेनाको काश्मीरका सबै आमाहरुसँग अपिल

72

काठमाडौँ  / भारत प्रशासित क्षेत्र जम्मू–काश्मीरको पुलवामा गएको ४६ जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा भारतीय सेनाले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ।

 भारतीय सेनाका लेफ्टिनेन्ट जनरल केजेएस ढिल्लनले भने, ‘म कश्मीरका आमाहरुसँग अपिल गर्छु कि आफ्ना सन्तानलाई आत्मसमर्पण गर्न लगाउनुहोस् । सन्तानको पालन पोषणमा आमाको भूमिका महत्वपूर्ण हुन्छ । आफ्ना छोरालाई सम्झाउनु होस्, फिर्ता बोलाउनु होस् अन्यथा मारिने छन् ।

पत्रकार सम्मेलनमा ढिल्लनले काश्मीरका सबै आमासँग अपिल गरेका छन्, ‘आफ्ना भड्किएका सबै छोरालाई बोलाएर आत्मसमर्पण गर्न लगाउनु होस् नभए सबै मारिन्छन् ।’

बिहीबार भएको ४६ जना जाने गरी भएको आक्रमणका क्रममा सिआरपिएफको गाडीलाई निशाना बनाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here