बलात्कार हत्या प्रकरण फिंगर प्रिन्ट मेटाउन आरोपीले शव जलाए

101

जनकपुरधाम/धनुषा प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरी जलाएको आरोपमा अपराधीलाई पक्राउ गरेको छ। गत फागुन २ गते मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा बिहेको भोजमा सहभागी भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरी जलाएको आरोपमा प्रहरीले बटेश्वर ४ बैगाली टोलका २२ वर्षीय निरज जर्घा मगरलाई पक्राउ गरेको थियो । पक्राउ परेका मगरलाई धनुषा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। उक्त घटना भएको ५ दिनपछि सोमबार साँझ धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबीबाट भारततर्फ जाँदै गरेको अवस्थामा आरोपी मगरलाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

फ्रुटीको लोभ देखाएर बलात्कार

बटेश्वरका निरज भोजमै सहभागी हुनका लागि हरिहर पुगेका थिए। जहाँ उनले ११ वर्षीया बालिकालाई देखे । बालिका बोल्न नसक्ने भएका कारण करणीका लागि सहज हुने भन्दै सो बालिकालाई मगरले टार्गेट गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

फागुन १ गते स्थानीय इन्द्र थापा मगरकी छोरी मन्दिरा थापा मगरको बिहेमा राति साढे ८ बजे भोज खान रेशमा भन्ने दुतिया परिवारसँगै गएकी थिइन्। बिहेमा नाचगानको कार्यक्रम थियो। सहभागीसँगै दुतियाले पनि नाचगान गरिन्। त्यहाँ बटेश्वरको बैगाली टोलका निरज पनि थिए। एक घन्टापछि बिजुली गएको मौका छोपी निरजले बालिकालाई नजिककै किराना पसलबाट चाउचाउ, फ्रुटी किनेर ल्याएर दिए पछि फेरि थप प्रलोभन देखाएर नजिककै उखुबारीमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारको पोल खुल्ने डरले त्यही खेतमा घाँटी थिचेर हत्या गरिदिए। गाउँलेले घटनाबारे जानकारी भए आफू पक्राउ पर्ने डरले फिंगर प्रिन्ट मेटाउनका लागि बालिकाको शवलाई चप्पल र कपडासमेत राखेर नजिकै खेतबाट उखुका झारपात ल्याई त्यही जलाएर निरज फेरि नाचगानमा सहभागी भएका थिए। बिहान घटना सार्वजनिक भएपछि आफन्त र नातेदार कहाँ दुई तीन बसेर त्यसपछि भारत बिहार दरभंगा बस्दै आएका बुवा कहाँ जान लाग्दा उनी दुहबी टोलबाट पक्राउ परे।

आमा बुवा कसैका साथ नभएका कारण निरज लागूऔषध सेवनकर्ता र आपराधिक चरित्रको बन्न पुगेको प्रहरीको अनुमान गरेको छ । यसअघि पनि निरज चोरीका विभिन्न घटनामा संलग्न र ढल्केवरमा केटी जिस्काएको आरोपमा कारबाहीमा समेत परेको थियो। प्रहरीले नियन्त्रणमा रहेका अभियुक्त निरजमाथि बलात्कार गरी हत्या गरेको आरोपमा जबरजस्ती करणी र कर्तव्य ज्यानको मुद्दा चलाई कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here