युरोपियन च्याम्पियन्स लिगको अन्तिम खेल हुने

126

एजेन्सी/युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आज (मंगलबार) राति स्पेनिस महारथि बार्सिलोना र फ्रेन्च क्लब लियोन भिड्दैछन् । पहिलो लेगको खेल खेल्न बार्सिलोना फ्रान्स पुगिसकेको छ । च्याम्पियन्स लिगको यस खेललाई निकै महत्वपूर्ण मानिएको छ । स्पेनिस ला लिगामा पकड जमाइरहेको बार्सिलोना लियोनलाई हराउने योजनामा छ । लियोन पनि घरेलु मैदानमा कुनैपनि हातलमा बार्सिलोनालाई रोक्ने प्रयत्नमा रहनेछ ।

ला लिगामा २४ खेलबाट ५४ अंक सहित शीर्ष स्थानमा रहेको बार्सिलोना तथ्यांकमा बलियो देखिएको छ । यता लियोन घरेलु लिग वानमा तेस्रो स्थानमा छ । उसले लिगमा २५ खेलबाट ४६ अंक बनाएको छ । च्याम्पियन्स लिगको अन्तिम ३२ मा बार्सिलोना समूह ‘बी’ मा थियो । सो समूहबाट बार्सिलोना समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । जसमा बार्सिलोनाले टोट्टनहाम जस्तो बलियो टिमलाई ४–२ गोलले हराएको थियो ।

लियोन समूह ‘एफ’ को उपविजेता बनेर अन्तिम १६ मा पुगेको थियो । समूह चरणमा लियोनले म्यानचेस्टर सिटीलाई उसैको मैदानमा हराएको थियो । त्यसैले अन्तिम १६ मा लियोनले बार्सिलोनालाई कडा टक्कर दिने अनुमान गरिएको छ । घरमा हुने भएकाले पनि लियोनको मनोबल उच्च देखिएको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति हुने अन्तिम १६ को अर्को खेलमा इङ्गिलस महारथि लिभरपुल र जर्मन टोली बायर्न म्युनिख भिड्दैछन् । बायर्न बुन्डेसलिगाको दोस्रो स्थानमा छ । लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा छ । लिभरपुलको मैदानमा हुने च्याम्पियन्स लिगको यस भिडन्त पनि निकै रोचक र प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here