ट्याक्सीमा छुटेको धनमाल इमान्दारीपूर्वक सम्बन्धीत धनीलाई बुझाएपछि…

209

काठमाडौं / ट्याक्सीमा छुटेको काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी-३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल प्रहरीले सम्बन्धीत धनीलाई बुझाएको छ ।

बुधबार बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म बा२ज २२७९ नम्बरको ट्याक्सीमा यात्रा गर्ने क्रममा सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान गरी उक्त रूपैयाँ बराबरको धनमाल ट्याक्सीमा छुटेको थियो ।

सामान आफ्नो ट्याक्सीमा छुटेको थाहा पाएपछि ट्याक्सी चालक काठमाडौं भिमसेनगोला बस्ने सुनसरी धरान उपमहानगरपालिका-१९ चौकीवारीका ३८ वर्षीय सिमल राईले आफै इमान्दारीपूर्वक महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएपछि प्रहरीले सम्बन्धीत सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुषाललाई हस्तान्तरण गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here