राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो : प्रा.डा. ढुंगेल

127

काठमाडौं / सरकार सफल वा असफल भन्नुभन्दापनि व्यवस्था नै असफल भएको संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले दाबी गरेका छन् । उनले भने,‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन् । अहिले लोकतन्त्र र संघीयता दुवै फंक्शनिङ छैन् ।’ सरकारले विभिन्न निकायमा नियुक्ती गर्दा ज्ञाताहरुलाई नियुक्त नगरेको पनि उनले गुनासो पोखे ।

उनले २१ अर्बका ९ सय ६ वटा ठेक्कापट्टामा ६ सय २३ परियोजनाहरु अहिले लथालिंक अवस्थामा रहेको पनि सुनाए । उनले भने,‘यसरी कसरी समृद्धि हुन्छ ?’ अब देश कता जान्छ त ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘अहिले त सिस्टम नै फेल भैसक्यो । गणतन्त्र फेल भैसक्यो । संघीयता फेल भैसक्यो । लोकतन्त्रले फंक्शनिङ गरिरहेको छैन् ।’

मुलुकमा यस्तो अवस्था सिर्जना भएकोले अन्र्राष्ट्रिय गतिविधि बढ्न थालेको पनि उनले आरोप लगाए । उनले भने,‘राजा आउने वा नआउने भन्ने कुरा भन्न सकिँदैन । तर, म एउटा कुरा भन्न सक्छु की राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो । कुनै विचार नपुरयाई फालिएको हो । संघीयता ल्याउँदा पनि कुनै होमवर्क भएको थिएन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here