विवादमा मुछिएका ६ सचिवको सरुवा साथै एक सहसचिवको बढुवा

75

काठमाडौं / सरकारले वाइडबडी जहाज खरिद प्रकरणमा विवादमा मुछिएका कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवलाई सरुवा गरेको छ भने एक सहसचिवलाई सचिवमा बढुवा गरिएको छ ।

विवादित सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ ।

यसैगरी गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गराएर मन्त्रालयमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ । स्रोतका अनुसार खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको हो ।

सचिव ठाकुरले मन्त्री मगरले आफूलाई अनियमित रुपमा काम गर्न दबाव दिएको र आफूले अस्वीकार गर्दा सरुवा गरिएको जनाउँदै आएका छन् ।

यसैगरी प्रधानमन्त्री कार्यालयका अर्का सचिव रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । यस्तै सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here