एट्लेटिकोले युभेन्टसलाई हरायो

109

एजेन्सी/युरोपियन च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन युभेन्टसलाई २–० गोलले पराजित गरेको छ । एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले बलमा पकड जमाउन सफल भएता पनि गोल गर्न सकेन । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ७८औं मिनेटमा जोसे जिमिनेजले गोल गरेका थिए भने ८३औं मिनेटमा कप्तान डिएगो गोडिनले दोस्रो गोल गर्न सफल भयो । गोडिनले कडा प्रहार गरेको बल युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई लाग्दै गोल भएको थियो । त्यसअघि रेफ्रीले अल्भारो मोराटाको गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयतामा नदिएपछि युभेन्टस बराबरी गर्नबाट चुकेको थियो । यो जितसँगै एट्लेटिकोले घरेलु मैदानमा च्याम्पियन्स लिगको नकआउट खेलमा आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ । भने युभेन्टसले एट्लेटिकोविरुद्ध च्याम्पियन्स लिगको खेलमा गोल गर्न सकेको छैन । दोस्रो लेग आगामी मार्च १३ तारिख युभेन्टसको घरेलु मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here