प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट दर्ज्यानी चिन्ह सुशोभन

218

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललेनेपाल सरकार, गृह मन्त्रालयको फागुन ७गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ जना र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमापदोन्नति भएका २६ जना रहनुभएको छ । सोही निर्णयले पदोन्नति भएका १ जना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमानदारिता सहितप्रहरी कर्मचारीहरु सदैव संगठनको श्रीवृद्धिका लागिएक ढिक्का भएर काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रको सार्वभौममाथि असर गर्ने क्रियाकलाप तथा गैरकानुनी गतिविधि विरुद्ध कानुनी कारवाही गर्न प्रहरी कर्मचारीहरु अझै एकताबद्ध भई सशक्त र दृढताकासाथ अगाडि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी संगठनलाई अझै सक्षम, बलियो र गतिशील बनाउन संगठनको भावना अनुरुप काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो ‘उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नो लगनशीलता नछोडनुस ।’ संगठनलाई पुर्यायएको योगदान, व्यावसायिकता र प्रहरी नियमावलीको प्रावधान लगायतलाई पदोन्नतिको आधार बनाइएको उहाँले चर्चा गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदाय-प्रहरी साझेदारी कार्यक्रमले स्रोत साधन परिचालन लगायतमा सहजता आएको चर्चा गर्दै अबको चरणमा नागरिक समाजलाई नै नेतृत्व दिँदै थप सक्रिय बनाएर कार्यक्रमलाई अघि बढाउनुपर्ने जनाउनुभयो । कार्यक्रमले समाजका हरेक व्यक्तिलाई काम गर्ने मौका प्रदान गर्ने र संस्थागत दीगो विकास गर्न समेतसहयोग पुग्ने भएकोले मौकाको उच्चतम सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाटमन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले पदोन्नतिलेआफूहरुमा थप उर्जा संचार भएको उल्लेख गर्दै सामुहिक रुपमा मन, वचन र कर्मले संगठन र नागरिकप्रतिको जिम्मेवारी पुरा गर्न दृढ संकल्पित भई काम गर्नेप्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here