भारतबाट उद्दार गरिएका नेपाली नागरिकलाई काठमाडौं ल्याइयो

213

 काठमाडौं /  भारत मणिपुर हुँदै बर्मा तथा बर्माबाट अबैध तवरबाट अन्य देशतर्फ बैदेशिकरोजगार तथा बेचबिखन गर्ने उद्धेश्यले बिभिन्न मितिमा नेपालबाट भारत मणिपुरको बिभिन्न स्थान पुगेका ३२ पुरुष र १ सय ४७ महिला गरी १ सय ७९ नेपाली नागरिकहरुलाई उद्दार गरी काठमाडौँ ल्याइएको छ ।

भारत सरकार तथा स्थानीय संघसंस्था, भारत दिल्लीस्थित नेपालीराजदुताबासको सहकार्यमा उनीहरुको गत माघ २३ गते उद्दार गरी नेपाल झापाको काकडभिट्टा नाका हुँदै बुधबार काठमाडौं ल्याएको हो ।उक्त कार्यमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रमाईती नेपाल, साथी, पौरखि नेपाल, AMKAS, शक्ती समूह लगायतका संघ संस्थाहरुलेआवश्यक सहयोग गर्नुका साथै अस्थायीरुपमा खाने बस्ने सुबिधा समेत प्रदान गरेको प्रहरीप्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here