गोर्खा सैनिकको समस्याबारे प्रचण्डको चासो !

67

ललितपुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । शुक्रबार आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए ।

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका बारेमा छलफल भएको थियो ।

त्यसैगरी अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका अध्यक्ष दाहालको सचिवालले जनाएको छ ।

चार दिवसीय नेपाल भ्रमणमा रहेका राज्यमन्त्री ल्याङकष्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको जनाउँदै राज्यमन्त्रीले गोर्खा सैनिकले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको जनाए ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणका रुपमा रहेको धारणा राखेका थिए ।भेटमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here