प्रहरीलाई प्रलोभनमा पार्न खोजेपछि ….

24

काठमाडौं / प्रहरीलाई १ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं कलंकी बस्ने सर्लाही मलंगवाका २८ वर्षीय शिवनाथ पटेललाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका-४ स्युचाटारमा प्रहरीलाई मादक पदार्थ सेवन गरेका निज पटेलले महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा प्रलोभनमा पार्न खोजेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here