काठमाडौं / पार्टीको सांगठानिक एकताका लागि गठन गरिएको कार्यदलका बारेमा निर्णय गर्न आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सचिवालयले विघटन गरेको छ ।
शुक्रबार विहान बसेको सचिवालय बैठकले एकीकरणका बाँकी काम सवै सचिवालयलेनै गृहकार्य गरेर प्रस्ताव स्थायी कमिटीमा लग्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।
कार्यदलको पटक पटक समय थप गर्दा पनि पार्टी एकताको खाका ल्याउन नसकेको भन्दै नेतृत्व असन्तुष्ट छ।
बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा उभिएपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो।