युएईमा जारी पाकिस्तान सुपर लिगमा सन्दीपले डेब्यू खेलमै २ विकेट लिएका छन्। नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको डेब्यू खेलमै २ विकेट लिन सफल भयो । लिग अन्तर्गत आफ्नो पहिलो खेलमा मुल्तान सुल्तानका लागि ८४ रन बनाएर खेलिरहेका जेम्स भिन्सको विकेट लिएका हुन्। पहिलो ओभरमै ३ छक्कासहित १७ रन खर्चिएका सन्दीपले आफ्नो व्यक्तिगत दोस्रो ओभरको पाँचौ बलमा भिन्सलाई क्याच आउट गराएका थिए । गत बर्ष आईपीएलमा डेब्यु गरे यता विश्वका हरेकजसो फ्रेन्चाईज लिगमा खेलिसकेका सन्दीपले हालै अष्ट्रेलियामा सम्पन्न बिग ब्यास लिगको फाइनलसम्म खेलेका थिए।