दुर्घटनामा घाइते प्रदेशसभा सदस्य ओलीको निधन

99

काठमाडौ, प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते भएका उनको गए राति निधन भएको हो ।

गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहेका ओलीको १६औँ दिनमा काठमाडौँको मेडिसिटी अस्पतालमा गए राति १ बजे निधन भएको अस्पतालले पुष्टि गरेको थियो ।

उनको पार्थीव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालय काठमाडौँमा राखिएको र दिउँसो हेलिकोप्टरमार्फत दाङ लैजाने कार्यक्रम रहेको नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिए ।

ओली पूर्व नेकपा एमालेबाट दाङको क्षेत्र नं ३ को ख बाट प्रदेशसभाका लागि सांसद बनेका थिए । दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओलीका श्रीमती, दुई छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here