गर्भवती अवस्थामा विशेष ध्यान दिनुपर्ने कुराहरु :

302

गर्भावस्थाका मुख्य लक्षणहरु

 थकाइ लाग्ने वा जिउ गल्ने
 शरीरमा ज्वरो आएजस्तो लाग्ने
 कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने
 बारम्बार पिसाव लाग्ने
 स्तन गानिएर आउने, ठूलो हुने
 ढाड ९तल्लो भाग ० दुख्ने
 गर्भ रहेपछि हल्का रक्तश्राव हुने
 टाउको दुख्ने
 दिक्क लाग्ने वा तनाव हुने
 बिहान उठ्ने बित्तिकै बिरामी हुने

गर्भावस्थाका शारीरिक परिवर्तनहरु
पहिलो १२ हप्ता
 खाना अमन हुने,
 वाकवाकी लाग्ने,
 स्तन दुख्ने तथा भारी हुने

१३– २८ हप्ता
 वाकवाकी लाग्न हराउने
 छालाको रङ परिवर्तन हुने
 मुखमा चायाँ, पोतो आउने
 पेट बढेको देखिने
 पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने
 पहिलो पटक गर्भवती भएमा महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन्।

२८ देखि ४० हप्ता
 पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने
 बढ्दै गरेको पाठेघरले पिसावको शैली थिच्ने हुनाले पटकपटक पिसाव लाग्ने
 ढाड दुख्ने
 आठौं महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्ने
 नवौं महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दवाव दिने कारणले सास फेर्न गाह्रो हुने र थोरै खाना खादाँ पनि पेट भरिएर अप्ठ्यारो हुने
गर्भावस्थाका असाधारण लक्षणहरु
 ज्वरो आउने
 योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने
 पिसाव पोल्ने, पिसाव फेर्न गाह्रो हुने
 पखाला लाग्ने, निरन्तर वान्ता हुने
 पोट दुख्ने
 टाउको दुख्ने, आँखा धमिलो हुने, रक्तचाप १३०/९० भन्दा माथि हुने
 अत्याधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने, खुट्टा अत्याधिक सुन्निने
 तैताला,हत्केला र शरीर चिलाउने

प्रसुतिपूर्व अपनाउनुपर्ने कुराहरु

 सफा रहने र सधै नुहाउने
 पौष्टिक खाना खाने
 हलुका, खुकुलो र आरामदायी कपडा लगाउने
 ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने
 तनावयुक्त काम नगर्ने
 आराम गर्ने
 चिल्लो, पिरो,अमिलो आदि नखाने
 ९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्ने
 राति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिने
 कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउने
 जाँड, रक्सी तथा चुरोट नपिउने
 विशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने
 मोटरसाइकल/स्कुटर नचलाउने
 शारीरिक सम्र्पक नराख्ने
 चिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने/ प्रयोग नगर्ने
 टिटानस सुई लगाउन

गर्भावस्थामा प्रोटिन,आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात,भटमास,गेडागुडी, जागर, ब्रोकाउली,काउली तरकारी खानुपर्छ ।स्वास्थ्य खबरपत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here