पुलवामाआक्रमणका मृतक सेनाको सम्मानमा मुस्लिम नेताले गरे कपाल मुन्डन, कतै प्रशंसा कतै आलोचना

210

एजेन्सी– भारतको पुलवामामा भएको आतंककारी हमलाको नवौँ दिन दुई मुस्लिम कांग्रेस नेताले मुस्लिम परम्परालाई चुनौती दिँदै हिन्दू संस्कारअनुसार मृतक सेनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आफ्नो धर्मभन्दा माथि उठेर शुक्रबार उनीहरूले बिहारको सुल्तान पोखर मन्दिरमा गई कपाल मुन्डन गरेर सेनाका जवानहरूलाई जल चढाएर नमस्कार गरे ।

कांग्रेस नेताहरूको यस कदमलाई कतिपयले प्रशंसा गरेका छन् भने कसितपयले पोलिटिकल स्टन्ट (राजनीतिक फन्डा)को संज्ञा दिए आलोचना गरेका छन् । तर, यसरी कपाल मुन्डन गर्नेमध्येका एक नेता (प्रदेश महासचिव) इरशाद सिद्धिकी अर्थात् जाहिद सिद्धिकीले भने कसैले प्रशंसा वा आलोचना गर्दैमा केही फरक नपर्ने जनाए ।

आलोचकप्रति  संकेत गर्दै उनले भने, ‘आफूलाई राष्ट्रवादी मान्नेवालाहरू मुसलमानहरूसँग देशभक्तिको प्रमाण माग्छन् । उनीहरूसँग देशभक्तिको प्रमाण दिन कुनै जरुरी छैन ।’ कहिले ‘भारत माताकी जय’ त कहिले ‘वन्दे मातरम्’का नाममा भाजपाले भारतका मुस्लिमहरूलाई निशाना बनाइरहेको उनको आरोप छ ।

कांग्रेसकै जिल्ला अध्यक्ष करणकुमार पप्पुले भने, ‘सहिद भएका जवानहरू कोही न कोही किसानका छोरा वा भाइ थिए । यस नाताले उनीहरू हाम्रा पनि दाजुभाइ नै हुन्, दाजुभाइको निधनमा उनीहरूलाई श्रद्धाञ्जली दिनका लागि कपाल मुन्डन गरेका हौँ ।’

कसैको सराहना, कसैले भने– पोलिटिकल स्टन्ट

मुस्लिम नेताहरूले हिन्दू रीतिरिवाजअनुसार कपाल मुन्डन गरेर सेनाका जवानप्रति सच्चा रूपमा श्रद्धाञ्जली दिएको भन्दै कतिपयले उनीहरूको प्रशंसा गरेका छन् । केही मुस्लिम समुदायकाले भने यसलाई पोलिटिकल स्टन्ट भनिरहेका छन् ।

मुनाफिक (न हिन्दू न मुस्लिम) भएको आरोप

मुस्लिम धर्मशास्त्रमा शिर मुन्डन गरेर श्रद्धान्जली दिने कुनै विधि नभएको भन्दै कतिपयले मुसलमान समुदायको भएर पनि यसरी कपाल मुन्डन गरेर श्रद्धान्जली दिनेहरूलाई मुससलमान भन्न नमिल्ने बरु उनीहरूलाई मुनाफिक (न हिन्दू न मुस्लिम) भन्नुपर्ने मत रनखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here