आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा नेपालको जित

205

काठमाडौं/नेरी थापाको घातक बलिङसँगै नेपालले आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा हङकङमाथि ४ विकेटको सहज जित हात पारेको छ । ६३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो रहेन । स्कोर बोर्डमा मात्र ५ रन हुँदा काजल श्रेष्ठ व्यक्तिगत ४ रनमा आउट भइन् । नेपालले थप २ रन जोड्दा सीता राना मगर आउट भइन् । उनले खाता नै खोल्न सकिनन् । इन्दु बर्मा र रुविना क्षेत्रीले चलिनन् । तर, अप्सरी बेगमले सरिता मगरसँग मिलेर नेपालको पारी सम्हालिन् । दुबैले पाँचौं विकेटका लागि ३२ रनको साझेदारी गरिन् । बेगम २४ रनमा आउट भइन् । बेगम आउट हुँदा नेपाललाई ७ रन चाहिएको थियो । तर, थप दुई विकेट गुमाएर ९ बल बाँकी छँदा भेट्टायो । सरिता मगर १६ रनमा अविजित रहिन् । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६२ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरीले घातक बलिङ गर्दै ६ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले मात्र ८ रन दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here