भारतीय सुरक्षाकर्मीद्वारा इन्द्रेणी टिमको क्यामेरा खोसियो

289

काठमाडौ, कार्यक्रमको शिलशिलामा कञ्चनपुर पुगेको इन्द्रेणी टिममाथि भारतीय सीमा सुरक्षा बल एसएसबीले दूव्र्यवहार गरेको छ । कार्यक्रम सञ्चालक कृष्ण कंडेल लगायत इन्द्रेणी टिममाथि एसएसबीले दूव्र्यवहार गर्दै क्यामेरा खोसेर खिचिएका सामग्री डिलिट गरिदिएका छन् । आक्रमण भएको छ । नेपाल र भारतको सिमानामा रहेको कञ्चनपुरमा पुगेर कार्यक्रम सञ्चालन गर्ने क्रममा क्यामरा मेन दिपक घिमिरेले खिचिरहेको क्यामरा खोसेर खिचिएको सामाग्री एसएसबीले डिलिट गरिदिएका हुन् ।

इन्द्रेणी कार्यक्रमको संचालक कृष्ण कंडेल लगायत इन्द्रेणी टीम कञ्चनपुर पुगेर कार्यक्रम निर्माण गरिरहदा भारतीय सुरक्षाकर्मीले क्यामरा खोसेर खिचिएको भिडियो डिलेट गरिदिएका हुन् । नेपाल भारत सीमा क्षेत्र रहेको त्यस ठाउँमा भारतीय सुरक्षाकर्मीबाट नेपालीहरु पटक पटक आक्रमणमा पर्ने गरेका छन् । तर यसको समाधानका लागि नेपाली पक्षबाट भने कुनै पहल भएको देखिदैन् । हेर्नुहोस् भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here