एनआइसी एसियाको ‘उद्यमशील बचत खाता’

143

 काठमाडौं / एनआइसी एसिया बैंकले महिलालाई उद्यमशील बनाउने उद्देश्यले नयाँ योजना सार्वजनिक गरेको छ ।

एनआइसी एसिया बैंकले नेपाल उद्यमशील महिला महासंघको सहकार्यमा ‘उद्यमशील बचत खाता’ योजना सञ्चालन गरेको जनाएको छ ।

एनआइसी एसिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै महासंघको वार्षिक योजनामा परेका कार्यक्रमअनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायत आधारमा बैंकले कर्जा प्रवाह गर्नेछ । बैंकले योजानअन्तर्गत २ लाखदेखि १० लाख रुपैयाँसम्म व्यक्तिगत कर्जा उपलब्ध गराउने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here