नेपाल फिफा–१९ च्याम्पियनशिप बिहीबारदेखि

83

काठमाडौँ/गेमिङ ग्यारेज नेपालको आयोजनामा प्रविधिको सहायताले खेलिने भिडियो गेम ‘नेपाल फिफा–१९ च्याम्पियनशिप’ आउँदो बिहीबार फागुन १६ देखि १९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगतामा करीब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दीपन्कर डङ्गोलले जानकारी दिनु भयो । प्रतियोगताको विजेताले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार पाउनेछन् ।

त्यस्तै तेस्रो हुनेले रु ३० हजार र चौथोले रु दश हजार पुरस्कार प्राप्त गर्नेछन् भने क्वार्टरफाइनलमा पुग्ने टोलीले रु पाँच हजार र प्रिक्वार्टर फाइनलमा पुग्नेले रु दुई हजार पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिता काठमाडौँस्थित सिभिल मलमा सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here