नेपाल महिला विश्वकप क्रिकेटमा छनोट हुन सकेन

118

काठमाडौं/कप्तान रुविना क्षेत्रीले अलराउन्डर प्रदर्शन गरेपछि थाइल्यान्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको छ । नेपालले अन्तिम खेल जितेपनि ठूलो अन्तरको जित निकाल्न नसक्दा विश्वकपमा छनोट हुन सकेन ।

बैंककस्थित एसियन इन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा बुधबार नेपालले दिएको एक सय १७ रनको लक्ष्य पछ्याएको कुवेत २० ओभरमा ९ विकेटको क्षतिमा ८६ मा समेटिएको थियो । कुवेतका लागि कप्तान मार्याम ओमारले सर्वाधिक २९ रन बनाइन् । प्रियादा मुरालीले १४ तथा सब्रिन जाकी र मारियामा हेदरले समान १२–१२ रन बनाइन । कुवेतलाई सस्तैमा समेट्न नेपालकी रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिइन् । रुबिनाले अन्तिम ओभरमा तीन विकेट लिएकी थिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय १६ रन बनाएको थियो । नेपालको लागि बिन्दु रावलले अविजित रहँदै सर्वाधिक २८ रन बनाइन् । रुबिना क्षेत्रीले २२ रन, नेरी थापाले १९, काजल श्रेष्ठले १८ तथा इन्दु बर्मा र रोमा थापाले समान सात रन बनाए ।

बलिङमा कुवेतका मर्याम ओमर र प्रियादा मुरालीले दुई दुई विकेट लिएका थिए । नेपाललाई छनोट हुन कुवेतलाई ठूलो अन्तरले पराजित गर्नु पर्ने आवश्यकता थियो । जसले गर्दा नेपाल रनरेटमा नेपाल रन रेटमा थाइल्यान्डसँग पछि परेको हो । नेपालले ६ खेलबाट १० अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ । थाइल्यान्ड पनि १० अंक जोडेर शीर्ष स्थानमा छ । ८ अंक बनाएको युएई तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here