नेकपा पार्टीको झण्डा झुकाउने निर्णय , २३ गते श्रद्धाञ्जली सभा आयोजना गर्ने

326

 काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले २३ गते हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा २३ गते श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले श्रद्धाञ्जली सभाको आयोजना पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा गर्ने निर्णय गरेको नेकपाका महासचिव विष्णु पौडेलले जनाकारी दिए।

बैठकले मन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ।

त्यस्तै बैठकले दिवंगत नेता अधिकारीको निधनमा देशैभरका पार्टी कार्यालयमा पार्टीको झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here