नक्कली प्रमाणपत्र बनाउने पक्राउ

942

काठमाडौं /  महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरी टोलीले काठमाडौं टोखा नगरपालिका ७ मिलनटोलबाट यहि बिहिबार विभिन्न नक्कली प्रमाणपत्र सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ गर्नेमा स्याङ्जा हरिनाथ गाँउपालिका ३ घरभई काठमाण्डौ तारकेश्वर नगरपालिका फुटुङ बस्ने ५० बर्षीय गोपाल पौडेल छन् । पौडेलले संचालन गरेको साईबरबाट विभिन्न व्यक्तिको नाम रहेको प्रमाण पत्रहरू, छापहरू, पेनड्राईभ, सामसुङ कंपनीको युपिएस र ब्रिजर कंम्पनीको प्रिन्टर बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here