कारबाहीमा परेका पत्रकारहरु पार्टी विरुद्ध अनर्गल प्रचारमा

207

काठमाडौं / विप्लव नेतृत्वको नेकपा मातहतको जनवर्गीय संगठन मोर्चाबाट कारबाहीमा परेका पत्रकारहरुको समूहले पार्टीको नेतृत्व विरूद्व निरन्तर लागिरहेकोबारे जबस मोर्चा प्रमुख जिबन्तले ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी हेड्क्वाटर, पार्टी प्रवक्ता र जनवर्गीय संगठन ब्यूरो प्रमुख र जनस्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष टीका कँडेललाई जोडेर केही अनलाईन मिडियाले लेखेको समाचार प्रति टिप्पणी गर्दै उक्त कुरा जनाएका हुन् ।

विभिन्न अनलाइनहरुमा लेखिएका समाचारमा कुनै सत्यता नभएको प्रष्ट पार्दै उनले भने , ‘पछिल्लो समय पार्टीको कारवाहीमा परेका आफ्नो स्वार्थ पूरा नभएपछि अनावश्यक भ्रम फैलाउने अराजक झुण्डहरूको समूहले निरन्तर पार्टी र पार्टीको नेतृत्व विरूद्व निरन्तर लागिरहेको छ । सत्ताका मान्छेहरुले योजनाबद्ध ढंगले परिचालन गरि पार्टी र विभिन्न मोर्चाका नेताहरुका विरुद्ध एकपछि अर्को भ्रामक बिषय उठाएर समग्र पार्टी र नेतृत्व बिरुद्ध भ्रम पैदा गर्ने र दुश्मनको सेवक भन्ने जुन हर्कत गर्दैछन् त्यो अक्षम्य छ ।

जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेल पार्टीसंग अनुमति लिएर व्यक्तिगत कामको शिलशिलामा छोटो समयका लागि अमेरिका गएको जनाउदै भनेका छन्, ‘समाचार लेख्ने तिनै कारवाहीमा परेका अराजकहरू र तिनले चलाएको अनलाईन हो, जसले निरन्तर हाम्रो पार्टी, नेतृत्व र क्रान्ति विरूद्व विष बमन गरेरहेका छन् ।’

अध्यक्ष टीका कँडेल जग्गा विवादमा संलग्न नरहेको पनि जनाएका छन् ।

विज्ञप्ती

पार्टीका सबै कमरेडहरु एवम् पत्रकार साथीहरू,

नेपाल कम्युनिष्ट पार्टी हेड्क्वाटर, पार्टी प्रवक्ता र जनवर्गीय संगठन ब्यूरो प्रमुख र जनस्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष टीका कँडेललाई जोडेर बदनाम गर्ने उदेश्यले केही अनलाईन मिडियाले लेखेको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम त लेखिएका समाचारमा कुनै सत्यता नभएको प्रष्ट पार्न चाहन्छु । पछिल्लो समय पार्टीको कारवाहीमा परेका आफ्नो स्वार्थ पूरा नभएपछि अनावश्यक भ्रम फैलाउने अराजक झुण्डहरूको समूहले निरन्तर पार्टी र पार्टीको नेतृत्व विरूद्व निरन्तर लागिरहेको छ । सत्ताका मान्छेहरुले योजनाबद्ध ढंगले परिचालन गरि पार्टी र विभिन्न मोर्चाका नेताहरुका विरुद्ध एकपछि अर्को भ्रामक बिषय उठाएर समग्र पार्टी र नेतृत्व बिरुद्ध भ्रम पैदा गर्ने र दुस्मनको सेवक भन्ने जुन हर्कत गर्दैछन् त्यो अक्षम्य छ । यो पनि यसकै शिलशिलामा हो भन्ने हाम्रो बुझाई छ । समाचार लेख्ने तिनै कारवाहीमा परेका अराजकहरू र तिनले चलाएको अनलाईन हो,जसले निरन्तर हाम्रो पार्टी, नेतृत्व र क्रान्ति बिरूद्व विष बमन गरेरहेका छन् । जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेल पार्टीसंग अनुमति लिएर ब्यक्तिगत कामको शिलशिलामा छोटो समयका लागि अमेरिका जानुभएको हो । साथै जग्गा विवादमा उहाँको कुनै संलग्नता रहेकोबारे पार्टी नेतृत्व प्रष्ट छ । तर, दुश्मनको इशारामा नाचिरहेकाहरूले जीविका चलाउन हाम्रो पार्टी विरूद्व निरन्तर लागिरहेका छन् । यसका विरूद्व सचेत रहन साथिहरूलाई आग्रह गर्दछु ।

-जीवन्त
जवस मोर्चा प्रमुख

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here