दार्चुला जीप दुर्घटनामा मृत्यु भएका ११ जनाकै सनाखत

146

दार्चुला / शुक्रबार राति दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै सनाखत भएको छ ।

सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म १ ज २८० नम्बरको जिप राति करिब ८ बजेतिर दुहु गाउँपालिका–३ राताकाठाभीरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो । राति नै घटनास्थलबाट मृतकको शव संकलन गरी जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा दुहुँ गाउँपालिकाका ४५ वर्षीय कल्यानसिह बडाल उनकी १५ वर्षीया छोरी निर्मला बडाल, दुँहुँ गाउँपालिका–२ का ३५ वर्षीया परुली धामी, दुहुँ गाउँपालिका–१ का ५४ वर्षीय धनबहादुर बम, दुहुँ गाउँपालिका–४ दौलाका ५५ वर्षीय अम्मरा बम, सोही ठाउँकी ४ वर्षीया आयुसा बम, दुहुँ गाउँपालिका–१ पीपलचौरीकी ४५ वर्षीया गोमती बम र सोही ठाउँकी ७१ वर्षीय धाना बम रहेका छन् ।

मृत्यु हुनेमादुहुँ गाउँपालिका-२ हिकिलाका ४१ वर्षीय कल्यानसिह बडाल, उनकी छोरी १५ वर्षीया निर्मला बडाल, सोही वडाका ३५ वर्षीया परुली धामी रहेका छन्। यस्तै,दुहुँ–२ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धाना बम, ५३ वर्षीया मानमती भट्ट, दुहुँ–४ का ५५ वर्षीय अमरा बम र सात वर्षीया आयुसा बम, बैतडीको दोगडाकेदार गाउँपलिका-६ सित्तडका ६० वर्षीय प्रताप चन्द र करिब २१ वर्षीया स्नेहा बम रहेको प्रहरीले जनाएको छ।

मृत्यु भएका सबैको शव जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरी शनिबार नै आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिए ।

जीप दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटनास्थल राताकाठा क्षेत्रमा सडक चौडा गर्ने कार्य भइरहेको छ । सो क्षेत्रमा कुनै पनि सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here