किशोरीहरु बेच्न भारत गरेको अवस्थामा तीन जना पक्राउ

39

बर्दिया / किशोरीहरुलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा रसुवा यार्चा गाउँपालिका-१ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका-५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्की समेत ३ जनालाई बर्दिया बढैयाताल गाउँपालिका-८ कर्णालीपुलबाट  प्रहरीले पक्राउ गरेको छ ।

रसुवा यार्चा गाउँपालिका-५ बस्ने २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई शनिबार दिउसो ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पुलमा पुग्दा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here