महाभारत युद्धमा प्रयोग भएको थियो परमाणु बम

273

विश्वको २१ औं शताब्दीमा परमाणु बम संसारकै सबैभन्दा खतरनाक हतियारको रुपमा सावित भएको छ । दोश्रो विश्वयुद्धका क्रममा विश्व इतिहासमा पहिलो पटक सन् १९४५ को अगष्ट ६ मा जापानको हिरोसिमा सहरमा अमेरिकाले परमाणु बम खसाले लगत्तै अगष्ट ९ मा नागासाकी सहरमा अर्को परमाणु बम खसालियो । त्यसयता विश्वमा परमाणु बमको प्रयोग कहिकतै गरिएन ।

यस हिसाबले परमाणु बमको पहिलो तथा अन्तिम प्रयोग सन् १९४५ मा जापानमा भयो । तर एउटा नयाँ दाबी अनुसार परमाणु बमको पहिलो प्रयोग महाभारतको युद्धमा गरिएको थियो । वैज्ञानिकहरुले महाभारतको युद्धमा परमाणु बमको प्रयोग गरिएको प्रमाण फेला परेको दाबी गरेका छन् ।

परमाणु बमको आविष्कार गर्ने वैज्ञानिक जुलियस रोबर्ट ओपनहाइमरले आफ्नो अनुसन्धानमा यो कुराको खुलासा गरेका छन् । उनका अनुसार महाभारत कालमा नै परमाणु बमजस्ता विनाशकारी हतियारको प्रयोग भएको थियो । गीता तथा महाभारतको गहन अध्ययन गरेका ओपनहाइमरले यस्तो दाबी गरेका हुन् । उनले महाभारतमा उल्लेखित ब्रम्हास्त्रको मारक क्षमताको अध्ययन गरे । उनको त्यो अनुसन्धान मिसनको नाम थियो ट्रिनिट्री अर्थात् त्रिदेव । सन् १९३९ देखि १९४५ को बीचमा ओपनहाइमर तथा अन्य वैज्ञानिकको एक टोलीले अनुसन्धान गर्यो । त्यस अनुसन्धानको निष्कर्ष थियो कि महाभारतमा जुन ब्रम्हास्त्रको प्रयोग गरिएको थियो। त्यो आजको परमाणु हतियार समान शक्तिशाली थियो ।

भारतीय लेखक तथा अनुसन्धानकर्ता पद्माकर विष्णुवर्तकले पनि महाभारतमा प्रयोग गरिएको ब्रम्हास्त्र परमाणु बम जत्तिकै शक्तिशाली भएको आफ्नो स्वयंभू नामक शोधग्रन्थमा उल्लेख गरेका छन् । रामायण तथा महाभारत कालमा ब्रम्हास्त्र सबैभन्दा खतरनाक हतियार थियो । त्यस कालमा केही योद्धाहरुसँग ब्रम्हास्त्र थियो । शास्त्रमा उल्लेख भए अनुसार ब्रम्हास्त्र प्रयोग गर्ने व्यक्तिसँग त्यो अस्त्र फिर्ता लिनसक्ने क्षमता पनि हुनथ्यो । तर द्रोणाचार्यका पुत्र अस्वत्थामाले ब्रम्हास्त्र फिर्ता लिने तरिका सम्झना भएन । सोही कारण उनले प्रहार गरेको ब्रम्हास्त्रले भयंकर क्षति पूराएको थियो ।

सिन्धुघाटी सभ्यतामाथि भएको अनुसन्धानले पनि ५ हजार देखि ७ हजार इशापूर्व हडप्पा तथा मोहन्जोदाडोमा यस्ता केही मानव कंकाल फेला परेका छन् जसको अध्ययनबाट ती कंकाल विनाशकारी अस्त्रबाट मारिएका मानिसका भएको देखिन्छ । साथै यस्ता सबूत पनि प्राप्त भएका छन् जसले त्यस क्षेत्रमा कुनै समयमा विकिरणको मात्रा अत्यधिक भएको देखाउँदछ, जुन कुनै परमाणु विस्फोट पश्चात हुन्छ । महाभारतमा उल्लेख भए अनुसार दुईवटा ब्रम्हास्त्र आपसमा टकराउँदा यतिधेरै क्षति हुन्थ्यो कि त्यसले पूरै पृथ्वी नै ध्वस्त हुने शक्ति पैदा हुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here