चार आयोगका अध्यक्षको नाम अनुमोदन

15

काठमाडौं / संसदीय समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ ।

समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेसी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

सम्बैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेसी आयोग, डा.विजयकुमार दत्तलाई मधेशी आयोग र विष्णुप्रसाद चौधरीलाई थारु आयोगको अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनवाईका लागि परिषद्ले समितिमा पठाएको थियो ।

उहाँहरुको योग्यता, रुची, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेकोप्रति असहमति जनाउँदै नेपाली काङ्ग्रेसका तर्फबाट समितिमा रहनुभएका सांसदको भने बैठकमा अनुपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here