दनुवार कलाकार तथा सांस्कृतिक समाज गठन

251

रौतहट/रौतटहमा दनुवार कलाकार तथा सांस्कृतिक समाज रौतहट गठन भएको छ । आइतबार रौतहटको गुजरा नगरपालिका वडानं २ मा भएको एक भेलाका समाज गठन गरेको थियो । समाजका केन्द्रीय अध्यक्ष सुर्यराई दनुवारको उपस्थितीमा गुजरा नगरपालिका वडानं २ का वडा अध्यक्ष अशोक चौधरीको सहभागितामा रौतहट शाखा गठन भएको
थियो । संस्थाका बरिष्ठ सल्लाहकार नरकुमार रार्इको समेत भेलामा सहभागिता रहेको थियो । समाजको रौतहट शाखाको अध्यक्षमा जय बहादुर राई ,उपाध्यक्षमा रामबहादुर राई ,कोषाध्यक्षमा दिल कुमारी राई,सचिवमा सुक्राम राई ,सदस्यहरुमा क्रमस सुन्दरी राई ,पन्नी राई ,मन्जु राई ,बिन्दु राई , बुद्री कुमारी राई लगाएत १५ सदस्यीय जिल्ला समिति गठन भएको छ । समाजले रौतहट जिल्लामा राई दनुवारको कला संस्कृति र भेषभुषाको जर्गेना गर्ने समाजका बरिष्ठ सल्लाहकार नरकुमार राईले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here