अदालतको फैसला ! रेशम चौधरी आज जेल कि संसद भवन जाने

35

टीकापुर  / टीकापुर घटनाको फैसला आज हुँदैछ । तीन वर्ष अगाडि भएको टिकापुर काण्डका योजनाकार भएको आरोप लागेका रेशम चौधरीसहित २७ जनाविरुद्धको मुद्दामा आज फैसला हुने भएको हो ।

जिल्ला अदालत कैलालीमा गत बुधबारदेखि सुरु भएको टीकापुर घटनाको बहस सकिएको छ । ८ प्रहरी र एक नाबालकसहित नौ जनाको ज्यान गएको तीन वर्षअघिको घटनाको मंगलबार बहस सकिएपछि अब फैसला हुन मात्रै बाँकी छ ।

टीकापुर घटनामा संलग्नको अभियोगमा ५८ जना विरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरीमा मुद्दा चलिरहेको छ । फरार रहेकाहरुको मुद्दा भने मुल्तवीमा रहने अदालतले जनाएको छ । जिल्ला न्यायाधीश यज्ञराज भट्टराईको इजलासमा वादी र प्रतिवादीका तर्फबाटको बहस मंगलबार सकिएको थियो ।
बुधबार अदालतले मुद्दाको अन्तिम फैसला गर्ने संकेत जिल्ला अदालत कैलालीले दिएको छ ।

जिल्ला न्यायाधीश पर्शुरामा भट्टराईको इजलासमा टीकारपुरको घटनाको बहस सकिएको हो । झन्डै साढे तीन वर्षपछि अन्तिम बहस सुरु भएको थियो ।

टीकापुर घटनाका मुख्य आरोपित मानिएका रेसम चौधरी घटनापश्चात् प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि कारागारमै छन् । निर्वाचित भएको एक वर्षपछि चौधरीलाई शपथ गराइएको थियो ।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट/थारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी एक नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here