अन्तर्राष्ट्रिय संस्था वर्ल्ड रेस्लिङले भारतसँग सम्बन्ध तोड्यो

219

काठमाडौं / अन्तर्राष्ट्रिय संस्था युनाइटेड वर्ल्ड रेस्लिङ (यू डब्ल्यू डब्ल्यू) ले सम्बद्ध सबै सदस्य राष्ट्रहरुलाई भारतीय रेसलिङ फेडरेसन (डब्ल्यू डब्ल्यू एफ आई) सँग सम्वाद र सम्बन्ध तोड्ने भएको छ । यसका साथै ओलम्पिक वा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नदिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) मा सिफारिससमेत गरेको छ । नयाँदिल्लीमा आयोजित सुटिङ्ग वर्ल्ड कप प्रतियोगितामा पाकिस्तानी खेलाडीलाई भारतले भिसा नदिएको विरोधमा यू डब्ल्यू डब्ल्यूले निर्णय लिन बाध्य भएको हो । जसबाट भारतलाई झट्का लागेको विश्लेषण गरिएको छ । गत १४ फेब्रुअरीमा काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानका सुटिङ खेलाडीहरुलाई भिसा दिन भारतले अस्वीकार गरेको थियो । पुलवा आक्रमणमा ४० भारतीय सैनिक मारिएको थियो । भिसा प्रकरणपछि आईओसीले पुरुष २५ मिटर र्‍यापिड फायर पिस्तोल इभेन्टका दुई वटा ओलम्पिक कोटा रद्द गरिदिएको थियो । यस विषयमा भारतीय कुस्ती महासंघका पदाधिकारीहरुबाट कुनै प्रतिक्रिया सार्वजनिक नभएको भारतीय मिडिया इन्डिया टुडेले लेखेको छ । किनभने यू डब्ल्यू डब्ल्यूको यो निर्देशनले भारतीय खेलाडीहरुमा कस्तो असर पर्दछ भन्ने कुराको लेखाजोखा भइरहेको छ । बुल्गेरियाको सोफियामा यही मार्च ३ तारिखमा भएको डेन कोलोभ९निकालो पेट्रोव र्‍याकिङ अन्तर्राष्ट्रिय सिरिजमा भारतका खेलाडीहरुले राम्रो प्रदर्शन गरेका थिए । भारतीय खेलाडीहरुले दुई स्वर्ण र चार रजत पदक जित्न सफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here