बादशाह बेगम बन्दै करिना

333

मुम्बई / बलिउड अभिनेत्री करिना कपुर  छिट्टै फिल्म  ‘तख्‍त’मा देखिँदै छिन्।  अहिले फिल्म ‘गुड न्युज’को सुटिङमा व्यस्त रहेकी उनी करण जौहरसँग उनी १८ वर्षपछि यो फिल्‍ममा काम गर्दै छिन्।  योभन्दा पहिले करणको फिल्‍म ‘कभी खुसी कभी गम’मा ‘पू’को भूमिका निर्वाह गरेकी थिइन्। उनले निर्वाह गरेको यो भूमिका निकै रुचाइएको थियो।

हालै एक अन्तर्वार्तामा करिनाले फिल्म ‘तख्त’को अफ्नो भूमिकाबारे जानकारी गराएकी छन्। करिनाले भनिन्, ‘यो एक जबरदस्‍त पिरियड ड्रामा फिल्म हो।

यसमा म एक फरक किसिमको भूमिकामा देखिँदै छु।’ उनी तख्तमा बादशाह बेगम अर्थात् शाहजहाँकी छोरी जहाँआराको भूमिकामा देखिने छिन्। अनिल कपुर शाहजहाँको रोल गर्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here