कुकुरको पूजा गर्ने अनौठो आनौंठो चलन

247

संसारमा कुकुरलाई भगवान् मानरे पुजा गर्ने चलन बारेमा सुनेर तपाइँलाई अचम्म लाग्न्छ लाग्न सक्छ । यस्तो चलन प्रायः कमै होला सायद देवी देवताको मन्दिरका बारेमा मात्र पुजा गर्ने रहेको भएता पनि कुकुर देव मन्दिर मा कुकुरलाई पुजा गरिन्छ त्यो अनौठो मन्दिरका बारेमा रहेको मान्यता तथा निर्माणको कथा निकै रोचक छ । भारत छत्तिसगढको रायपुरभन्दा करीब १३२ किलोमिटर टाढा पर्ने दुर्ग जिल्लास्थित खपरी गाउँमा कुकुरदेव मन्दिर रहेको छ । उक्त मन्दिरको गर्भगृहमा कुकुरको प्रतिमा रहेको छ । मन्दिरको छेउँमा एउटा शिवलिंग रहेको छ ।

श्रावणको महिनामा मन्दिरमा भक्तजनको ठूलो घुइँचो लाग्दछ । मन्दिरमा भक्तजनले शिवजीसँगै कुकुर देवताको पनि पूजा गर्दछन् । यो मन्दिर २ सय मिटरको दायरामा फैलिएको छ । मन्दिरको प्रवेशद्वारमा पनि कुकुरका दुईवटा ठूलो मूर्ति राखिएको छ । उक्त मन्दिरमा पुजा अर्चना गरी कुकुरदेवको दर्शन गरेमा मानिसमा कुकुरखोकी नामक रोग लाग्ने खतरा नहुने विश्वास गरिन्छ । साथै कुकुरदेवको पूजा गरेमा कुकुरले टोक्ने खतरा पनि नहुने आम विश्वास रहेको छ ।

वास्तवमा यो कुकुरदेव मन्दिर एउटा स्मारक हो । एउटा वफादार कुकुरको सम्झनामा यो स्मारक बनाइएको थियो । किम्बदन्ती अनुसार सदियौँ पहिले एकजना फिरन्ते मानिस आफ्नो परिवारसँगै त्यस ठाउँमा आएछन् । उनीसँग उनको एउटा कुकुर पनि आएको थियो । एकसमय गाउँमा अनिकाल परेकाले ती व्यक्तिले गाउँका साहुसँग ऋण लिए । तर उनले ऋण फिर्ता गर्न सकेनन् । त्यसको बदलामा उनले आफ्नो बफादार कुकुर साहुलाई धरौटीमा दिए ।

एकजना ती साहुको घरमा चोरी भयो । चोरले धनमाल चोरी गरेर जमिन मुनि गाड्यो । आफुले चोरी गरेर गाडेका सामानहरु पछि मौका मिलाएर निकाल्ने कुरामा चोर ढुक्क थियो । तर त्यो कुकुरले जमिनमुनि चोरीका सामान लुकाइएको फेला पार्यो । उसले त्यसको सूचना साहुलाई पनि दियो । जब कुकुरले लगेको ठाउँमा गएर साहुले खोस्रिए तब उनको घरबाट चोरिएका सामानहरु गाडेको अवस्थामा फेला परे ।

कुकुरको बफादारीबाट प्रभावित भएर ती साहुले उक्त कुकुरलाई मुक्त गरिदिने र कुकुरका मालिकलाई नै फिर्ता गर्ने निर्णय गरे । उनले त्यो कुकुरका मालिक ऋणीको नाममा एउटा चिठी लेखेर कुकुरको घाँटीमा झुण्डाइदिएर त्यो कुकुरलाई उसको खास घर पठाइदिए ।

तर उक्त कुकुरलाई जब त्यसका मालिकले बजारमा हिँडिरहेको देखे, तब त्यो कुकुर भागेर आएको भन्ठाने । तब उनले त्यो कुकुरलाई समातेर कुटपिट गरे । कुटपिटबाट त्यो कुकुरको मृत्यु भयो ।

कुकुर मरेपछि ती ऋणीले जब कुकुरको घाँटीमा बेरिएको साहुको पत्र खोलेर पढे तब उनलाई ठूलो पछुतो भयो । त्यसपछि उनले कुकुरलाई जुन ठाउँमा गाडे, त्यसमाथि एउटा स्मारक बनाइदिए । सोही स्मारकलाई पछि मानिसहरुले मन्दिरको रुप दिए र त्यहाँ कुकुर देवताको पुजा गर्न थालियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here