विश्वभर मनाइयो मोटे मंगलबार पर्व

358

विश्वका विभिन्न देशमा माडी ग्रास नामक पर्व मंगलबार धुमधामसँग मनाइएको छ । यो कार्निभल खानपिन, संगीत तथा कामोत्तेजक अनौठा पहिरनका लागि चर्चित छ । मार्डी ग्रास पर्व अस्ट्रेलिया, अमेरिका, ब्राजिल, जर्मनी, बेल्जियमलगायतका धेरै देशमा मनाइन्छ । यो पर्वमा समलिंगी महिला तथा समलिंगी पुरुषका झाँकीहरु समेत प्रदर्शन हुने गरेका छन् । मानिसहरु सडकमा खुलेआम कपडा खोलेर एक अर्कामा प्रेम प्रकट गर्दछन् । यो पर्वको परम्परा अनुसार यदि कुनै केटाले कुनै केटीसँग रात बिताउन चाहन्छ वा प्रेम प्रस्ताव राख्न चाहन्छ भने उसले सोही पर्वको मेलामा केटीलाई रंगीचंगी मोतीको माला उपहार दिनु पर्दछ ।

यो पर्वमा कतिपय ठाउँमा त महिलाहरुले आफ्नो छाति नग्न बनाउने तथा पुरुषहरु जिउका सबै कपडा फुकालेर नाच्ने गर्दछन् । मार्डी ग्रास फेस्टिवललाई मोटो मंगलबार, कार्निभल मंगलबार वा पेनकेक मंगलबार पर्वको नामले पनि चिनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here