आर्थिक तथा सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेकोमा प्रधानमन्त्रीद्धारा खुशी व्यक्त

181

काठमाडौं / १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्व बढेको जनाए । आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गरेका छन् ।

‘महिलाको कूल साक्षरता दरमा वृद्धि, मातृ मृत्युदरमा सुधार तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन्।’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिएका छन्।’

समाजमा बोक्सीको नाममा हुने ज्यादती, दाइजो प्रथा, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौती दिएको जनाएका छन् ।  प्रधानमन्त्री ओलीले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here