प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिकरण गरेको राहुलको आरोप

106

एजेन्सी/भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतङ्कवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाउनु भएको छ । “हामीले त्यसलाई कुनै राजनीतिकरण गरेका छैनौँ, घटना लगत्तै हामीले पत्रकार सम्मेलन नै गरेर यस विषयमा सुरक्षा निकाय र सरकारलाई सहयोग गर्ने बताएका थियौँ, तर दुर्भाग्य सरकारले भने त्यस विषयलाई राजनीतिकरण ग¥र्यो” गान्धीले भन्नुभयो । उहाँले प्रतिपक्षी दल काँग्रेस र अन्य दलहरुले सरकारप्रति देखाएको एक्वबद्धतालाई सरकारले दुरुपयोग गरेको टिप्पणी पनि गर्नुभयो । आउँदो आम निर्वाचनलाई लक्षित गरेर आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उहाँले देशका लागि जीवन अर्पण गरेका आफ्नो पार्टीका नेताहरु देशका लागि सहिद बन्न पनि तयार रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here