सिंहले आफ्नै मालिकको ज्यान लियो

197

चेक गणतन्त्रका एक व्यक्ति आफैंले पालेको सिंहको शिकार बनेका छन् । ३३ वर्षीय माइकल प्रासेसलाई उनी आपैmले पालेका दुई सिंहले आक्रमण गरेर मृत्युको मुखमा पु¥याएका छन् । आफ्नो मालिकको ज्यान लिने दुवै सिंहलाई प्रहरीले गोली हानेर मारेको छ ।

प्रशासनसँग लडेर घरमा पालिरहेको सिंहले ज्यान लिन्छ भन्ने सायद माइकलले सोचेका पनि थिएनन् होला । तर, माइकलको शव खोरभित्र फेला पर्‍यो जहाँ उनले प्यारपूर्वक सिंहलाई पालेर राख्दै आएका थिए । सन् २०१६ देखि आफ्नो घरको पछाडि खोर बनाएर त्यहाँ सिंहलाई राखेका थिए । त्यतिबेला सिंह नौ वर्षको थियो । त्यसपछि प्रजननका लागि उनले अर्को एक सिंहिनीलाई पनि घरमा ल्याएर पालेका थिए । त्यसपछि उनका छिमेकीहरुले उनको यो काममा आपत्ती जनाए । उनीहरुलाई सिंह र सिंहिनीले मानवीय क्षति पुर्‍याउने डर थियो । प्रशासनले पनि उनलाई सिंह पाल्न अनुमति दिएको थिएन । तर, यी सबै कुरालाई बेवास्ता गर्दै माइकलले जिडिशोफ भन्ने गाउँको आफ्नो घरमा सिंहलाई पालेर राखिरहे ।

स्थानीय प्रशासनसँग उनले सिंहलाई पालेर राख्ने खोर बनाउन अनुमति मागेका थिए । त्यसलाई प्रशासनले अस्वीकार गरेको थियो । त्यसपछि उनलाई अवैध प्रजननको आरोपमा जरिवाना समेत गरियो । तर यी जनावरहरुलाई राख्ने वैकल्पिक व्यवस्था नभएको र जनावरलाई दुःख दिएको प्रमाण नभेटिएको भन्दै प्रशासनले माइकलको घरबाट सिंहहरु हटाउन भने सकेन ।

यसरी उनले सिंहलाई राख्ने अनुमति मिल्यो । एक दिन उनी गर्मी महिनामा आफ्नो सिंहलाई लिएर घर बाहिर निस्किए र त्यो सिंहसँग एक साइकल यात्री ठोक्किए । त्यसपछि फेरि माइकल चर्चामा आए । यसको उजुरी प्रहरीमा समेत पर्‍यो तर यसलाई सडक दुर्घटनाको रुपमा लिइयो । सिंहले माइकललाई मारेको घटनाको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले सिंह, सिंहिनी दुवैलाई मारिदिएका छन् । प्रहरीका अनुसार माइकलको शव बाहिर निकाल्न उनीहरुलाई मार्न जरुरी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here