भारतीय राजदूतावासमा अन्तराष्ट्रिय महिला दिवस विशेष परोपकारी सांगीतिक कार्यक्रम सम्पन्न

202

काठमाडौं / अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौंस्थित Indian Women’s Association द्वारा २०७५ फाल्गुण २४ गते काठमाडौंमा विश्व प्रख्यात भायोलिन वादक डा. एल. सुब्रमण्यम तथा प्रसिद्ध बलिउड गायिका कविता कृष्णमूर्तिको सांगीतिक प्रस्तुति रहेको परोपकारी सांगीतिक कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रम काठमाडौं स्थित भारतीय राजदूतावासमा आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यिक व्यक्तित्व, विद्यार्थी तथा सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका गरी करीब १५०० भन्दा बढी व्यक्तिहरुको उपस्थिति थियो । नेपालका उपराष्टपति सम्माननीय नन्दबहादुर पुनले कार्यक्रमको प्रमूख आतिथ्यता ग्रहण गर्नुभएको थियो । कार्यक्रममा डा. एल. सुब्रमण्यम तथा गायिका कविता कृष्णमूर्तिको साथमा अतुल रनिङ्गा र फ्रिजो फ्रान्सिस (किबोर्ड), बसन्त कुल्कर्णी (ड्रम्स तथा परकुसन), अल्वेन फर्नाण्डेज (गितार), किथ पिटर्स (बेस गितार), तन्मोय बोस (तबला), पी.एन.एस. फाल्गुन (मृदंगम) र बिनय भिन्सेन्ट (साउण्ड इञ्जिनियर)लगायतले प्रस्तुती दिएका थिए ।

सांगीतिक क्षेत्रमा डा. एल. सुब्रमण्यम एक विश्व ख्याती प्राप्त भायोलिन बादकका रुपमा परिचित छन् । त्यस्तै कविता कृष्णमूर्ति प्रख्यात बलिउड गायिकाको रुपमा परिचित छन् । उँहाले विभिन्न १६ भाषामा १८,००० भन्दा बढी गीत रेकर्ड गराइसक्नु भएको छ । यी दुई युगल जोडी समुहको सांगीतिक प्रस्तुति अविस्मरणीय रहयो । आफ्नो आधुनिक तथा शास्त्रीय भायोलिन वादन तथा गायनद्वारा उनीहरुले दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाए र उक्त प्रस्तुतिलाई दर्शकले लामो समय सम्म सम्झिरहने छन् ।

Indian Women’s Associationद्वारा आयोजित यस परोपकारी सांगीतिक कार्यक्रम भारत र नेपालबीचको साझा सांगीतिक विरासतलाई प्रवर्धन गर्ने एक प्रयास हो । Indian Women’s Association सामाजिक तथा सांस्कृतिक क्रियाकलाप मार्फत भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रता अभिवृद्धि गर्ने एक मञ्चको रुपमा कार्य गर्दैआएको छ । यसले नेपालमा सामाजिक उद्देश्यका विशेषतः महिला तथा बालबालिकासँग सम्बन्धित विभिन्न किसिमका परोपकारी कार्यहरु नियमित रुपमा गर्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here