नम्रता मार्शल आर्ट खेलाडी ‘जाइरा’ को प्रदर्शन मिति घोषणा

304

अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि गएको मंसिर १४ मा फिल्म आउने तय भएको थियो । तर, प्राविधिक कारणले फिल्म घोषित मितिमा प्रदर्शनमा आउन सकेको थिएन ।

अब यो फिल्म श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर अर्को वर्षको भदौ ६ गतेबाट देशभर प्रदर्शन हुने निश्चित भएको छ । अभिनेत्री नम्रता ‘जाइरा’ मा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् ।

एक महिलाले लिने प्रतिशोधको कथामा बनेको यो फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ सहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको छ ।

नम्रताले यस फिल्मका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन् । यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here