प्रधानमन्त्री ओलीले त्यसरी तुलना नगर्दा पनि हुन्थ्यो : प्रचण्ड

111

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनाएका छन्।

२४ फागुनको सहमतिका आधारमा सीके राउत पक्षले जनमत संग्रहलाई सरकारले स्वीकार गरेको अथ्र्याइरहेका बेला प्रचण्डले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने जनाएका हुन्।

‘जनमत संग्रहलाई संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने हुन्छ’ पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘सरकारले चाहँदैमा जनमत संग्रह हुँदैन।

यद्यपी, आइतबार जनकपुर पुग्दा राउत समर्थकले स्वतन्त्र मधेशको नारा लगाउँदै जनमत संग्रहको पक्षमा नारावाजी गरेका थिए, जसले गर्दा राउत पक्षले धोका दिनसक्ने विश्लेषण राजनीतिक क्षेत्रमा हुन थालेको छ। यस विषयमा नेकपाका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुराकानी भएको उनले जानकारी दिए।

सबै राजनीतिक प्रबृतिलाई बुझेर मूलधारको राजनीतिमा ल्याउनु सरकारको दायित्व भएकाले त्यसै अनुसार राउतसँग सहमति गर्नु जायज भएको उनले जनाए ।सरकारको ‘इन्टेन्सन’ पृथकतावादी आन्दोलनको प्रबृतिलाई मलजल हुने वातावरण बनाउन हुँदैन भन्ने हो’ प्रचण्डले थपे, ‘यस्तो प्रबृति भोलिपनि बढ्नसक्ने खतरा बुझेर मूलधारमा ल्याउने पहल भएकाले शंका गर्नु जरुरी छैन।

राउतलाई आफूसँग तुलना गरेकोमा प्रधानमन्त्री ओलीको आलोचना भइरहँदा प्रचण्डले चाहिँ ओलीको बचाउ गरे।‘मूलधारमा आउने भन्ने सन्दर्भमा उहाँले त्यो भन्नु भएको हो’ प्रचण्डले भने, ‘त्यसरी तुलना नगर्दा पनि हुन्थ्यो, तर गर्नुभयो, त्यो त्यति ठूलो कुरा होइन।’ ‘निर्णय क्षमता भएको भन्ने अर्थमा उहाँले यस्तो भन्ने गर्नुभएको छ, त्यस्तै निर्णय क्षमताको सन्दर्भमा राउत र मेरो तुलना गर्नुभएको होला’ उनले भने, ‘तर, तुलना आफैमा लंगडो हुन्छ, सबै तुलना एक अर्कासँग मिल्दैनन्। त्यसैले, मैले त्यसलाई अन्यथा मानेको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here