सुन-चाँदी लुकाएर भारत लैजाँदै गर्दा पक्राउ

254

धनुषा / जनकपुर उपमहानगरपालिका-१५ स्थित भित्री सडकखण्डबाट लुकाईछिपाई भारततर्फ लैजान लागेको करिब १ सय ग्राम सुन र करिब २५ किलो चाँदी सहित भारत मधुवनी बस्ने ३७ वर्षीय कृष्णकुमार महतो र सोही ठाउँ बस्ने ३० वर्षीय रूपेश महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित कुवावाट लोहना हुँदै भारततर्फ जाँदै गरेको बिआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की मुनी लुकाईछिपाई राखेको उक्त सुन र चाँदी फेला पारी चालक कृष्णकुमार र मोटरसाइकलमा सवार रूपेशलाई प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here