दोस्रो एकदिवसीय क्रिकेटमा भारतद्धारा अष्ट्रेलिया पराजित

229

काठमाडौं / भारतले अष्ट्रेलियालाई दोस्रो एकदिवसीय क्रिकेट खेलमा पराजीत भएको छ । मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराउन सफल भयो । कुनै बेला जीत नजिक पुगेको अष्ट्रेलियालाई रोक्दै भारतले बाजी मारेको हो ।

२५१ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २४२ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका मार्कस स्टोइनिसले ५२, पिटर हृयाण्ड्स्कम्बले ४८, उस्मान खवाजाले ३८ र कप्तान एरोन फिन्चले ३७ रन बनाए पनि हार बेर्होनु प¥यो ।
भारतका लागि कुलदीप यादवले ३ र जस्प्रित बुम्राह र बिजय शंकरले समान २ २ विकेट लिएका थिए । यसअघि भारतले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा २५० रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोहलीले ११६ रन बनाउँदै शतक पूरा गरेका थिए । अष्ट्रेलियाका पट कुमिन्सले ४ विकेट लिएका थिए । यो जीतसँगै भरातले पाँच खेलको एकदिवसीय सिरिजमा २(० को अग्रता लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here