सीके राउत सहमतिको विरोधमा उत्रेका प्रदर्शनकारी धमाधम पक्राउ पर्दै

106

काठमाडौं / सरकारले सीके राउतसँग गरेको ११ बुँदे सहमतिको विरोधमा प्रदर्शन सुरुभएसंगै प्रहरीले प्रदर्शनकारीलाई धमाधम पक्राउ गर्न थालेको छ ।

सिंहदरबारको पश्चिम गेटमा सीके राउतको विरोधमा प्रदर्शनमा उत्रेका नागरिक अगुवालाई प्रहरीले पक्राउ गरेको हो । राउतसँगको सहमति राष्ट्रिय हित विपरीत रहेको भन्दै सिंहदरबार अगाडि प्रदर्शनमा उत्रेका कृष्ण पहाडीसहितका नागरिक अगुवालाई प्रहरीले पक्राउ गरेको हो ।

नागरिक अगुवाहरुले विखण्डनकारी अभियान परित्याग गर्ने सहमति भनिएपनि सम्झौताको बुँदा नम्बर दुईले राष्ट्रिय अखण्डतामा प्रहार गरेको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here