पबजी खेलेको आरोपमा १० जना पक्राउ

142

एजेन्सी / भारतको गुजरातस्थित राजकोटमा मोबाइल गेम पबजीमाथि प्रतिबन्ध लगाइएको द इन्डियन एक्सप्रेसले जनाएको छ । प्रतिबन्धपछि यहाँ १० जनालाई पबजी खेलेको आरोपमा पक्राउ गरिएको छ । पुलिसले अनुसन्धानका लागि उनीहरुको मोबाइल पनि जफत गरिएको छ । पुलिसका अनुसार यो गेम खेल्नेहरु यतिसम्म आदी हुन्छन् कि पुलिसको समूह पक्राउ गर्न पुग्दासमेत उनीहरुलाई केही अत्तोपत्तो थिएन ।

पुलिस अधिकारी मनोज अग्रवालले उक्त शहरमा मार्च ६ देखि पबजी प्रतिबन्ध गरेका हुन् । बुधबार राजकोट स्पेशल अपरेशन ग्रुप (एसजीओ) ले तीन युवकलाई पुलिस मुख्यालयमा नजिकै पक्राउ गरेको थियो । उनीहरुलाई पबजी खेलिरहेका बेला नै पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here