अवैध लागुऔषध सहित नियन्त्रण

249

 काठमाडौं /  महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले यहि चैत २ गते लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

 काठमाडौं महानगरपालिका १५ स्थित स्वयम्भु किमडोलमा लागुऔषध विक्री वितरण गरि रहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्वयम्भुका २८ बर्षीय सुन्तान गुरुङलाई लागुऔषध डाईजापाम, फेनरागन र नुरफिन गरी १९२ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।

सोही घटनामा संलग्न काठमाण्डौ महानगरपालिका-३२ काँडाघारी बस्ने भारत बंगाल प्रदेश मोदिनीपुर ठानाका भारतिय नागरीक राहुल दासको साथबाट अवैध लागुऔषध डाईजापाम, फेनरागन र नुरफिन गरी ९४२ एम्पुल बरामद गरेको छ ।

यसै गरी महानगरीय प्रहरी वृत्त किर्तिपुरबाट खटिएको प्रहरी टोलीले यहि चैत्र २ गते काठमाण्डौ किर्तिपुर नगरपालिका-७ बाट लागुऔषध भरीएको सिरीन्ज ३ सय थान सहित काठमाण्डौ किर्तिपुर नगरपालिका -५ गौरीगाउँका महेश लामा, पुकार महर्जन र ललितपुर महानगरपालिका धोबीघाट बस्ने दिपेश तामाङलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here