सपनामै सिमित भयो रुपेश र सुस्मिताको स्कूल जाने रहर ……..(भिडियो सहित)

71

बष्णुकुमार देवकोटा/ सागर थापा

दाङ / नौ वर्षीय रुपेश बुढा र छ वर्षीय सुस्मिता बुढाले अहिले सम्म विद्यालयको मुख देखेका छैनन् तर अचम्म उनिहरुले सरकारी स्कूलको पोशाक (युनिफर्म) भने लगाएका छन् । आमा बिर्सना बुढा घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोहल स्थित कोशेली बेकरीमा पप (एक प्रकारको पाउरोटी) बनाउनका लागि सुकेको पाउरोटी लाई धुलो बनाउदै हुनुहुन्थ्यो ।

जेठो छोरा रुपेश र कान्छि छोरी सुस्मिता पाउरोटी पकाउन प्रयोग गरीने कालो न कालो प्यानहरु, पिठो लागेको फोहोरी पलंग र काठ तथा टाएरका टुक्राटाक्रिहरुसंग खेलिरहेका थिए ।

स्कूल जाने उमेरका रुपेश र सुस्मितालाई स्कूल जाने मन छैन भन्दा मलिन हुँदै दुवै जनाले भने ‘जाने मन छ भन्दै मुन्टो हल्लाए’ तर किन ? जवाफ उनिहरुसंग थिएन ।

आफ्ना साथीभाई हरु स्कूल जाँदा हामी पनि स्ूकल जान्छम भन्छन् तर पठाउन सकेको छैन आमा बिर्सनाले भन्नुभयो ।

आउँदो सालबाट पठाउने सोंचमा छु तर कसरी पठाउने बिर्सनाले आफै भेउ पाउनु भएको छैन ।

काम बिषेसले म (बिष्णुकुमार देवकोटा र सागर थापा) दिउँसोको खाजा का लागी केही ब्रेड किन्नका लागि उक्त फेक्ट्रिमा गएको बेला देखिएको दृष्य यस्तो थियो ।

स्वभाविक जिज्ञासा भयो, बिद्यालय जाने उमेरका दुई भविस्यका कार्णधार काठको टुक्रा र टीनको बाकस संग खेलिरहेका थिए ।

१२ बर्ष अघि दुबिडाँडा गा.वि.स वडा नं ४ हाल रुम्टिगढी गाँउपालिका का तेज बहादुर बुढा संग सोही स्थान निबासी बिर्सना पुनले विवाह गरेपछिको नतिजा थिए रुपेश र सुस्मिता ।

दैनिक जसो मदिरा सेवन गरी श्रीमतिलाई कुटपिट गर्नै श्रीमान् तेज बहादुरले कान्छि श्रीमति भित्र्याएर काठमाण्डौ इट्टा भट्टामा काम गर्न गएपछि बेसहारा बनेकी दुई सन्तानकी आमा बिर्सना दाङ आईपुगिन सहाराको लागी ।

केही समय दिदीको घरमा बसेपछि भिनाज्यूले बिर्सनालाई आम्दानीको लागी जागीर लगाईदिए घोराही उपमहानगरपालिका वडा नं १५ स्थित कोशेली बेकरीमा र दैनिक बन्यो रुपेश र सुस्मिताको काठ संग खेल्ने, फोहोर संग रमाउने अनि आमा जहाँ काम गर्नुहुन्छ त्यहि दिन कटाउने बिद्यालय जाने रहरलाई चटक्कै त्यागेर ।

स्कूल जाने भईसकेका छोराछोरीलाई विवाह दर्ता नभएकका कारण बिद्यालय पठाउन नसकिएको बिर्सनाले बताउनुभयो ।

श्रीमान्लाई नागरीकता बनाईदिनुस भन्दा कि चाहियो भन्दै नागरीकता नबनाईदिएको र विवाह दर्ता नभएका कारण दुई बच्चाहरुको जन्म दर्ता हुन नसकी बिद्यालय जानबाट बन्चित भएको बिर्सनाले आँखा भरी आँसु ल्याउदै भन्नु भयो ।

श्रीमान्ले खाईलाग्दा सन्तानसहित घर न घाटको बनाएपछि जीविको पार्जनका लागि काम गर्नुपर्नै र मासिक पाँच हजार रुपैयाँको कामईले छोराछोरीलाई स्कूल पठाउन असंघव जस्तै रहेको छ ।

हाल घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोहलमा कोठा भाडामा लिएर बस्ने बिर्सना बुढाको जीवन कसरी छोराछोरीलाई बिद्यालय पठाउँ भन्ने मात्र रहेको छ ।

आफ्नो विवाह भएको मिति समेत थाहा नभएकि बिर्सना लाई कहाँ गएर कसरी विवाह दर्ता विना पनि जन्म दर्ता गर्नुपर्छ भन्ने समेत थाहा छैन ।

समनै उमेरमा बाल विवाह भएको र निरक्षर भएका कारण बिर्सनाले आफ्नो हक दावी गर्न सक्नुभएको छैन ।

बिद्यालय जाने उमेरका दुई सन्तानहरुले स्कूल जान्छौं भन्दा सुस्केरा हाल्नु सिवाय बिर्सना संग कुनै अरु उपाए छैन ।

नेपालको संविधानको धारा ३१ ले पनि शिक्षा सम्बन्धी हकलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। विशेषगरी धारा ३१ ले शिक्षा सम्बन्धी निम्न हक सुनिश्चित गरेको पाइन्छ ।

प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक,

प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक,अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा प्राप्त गर्ने हक, दृष्टिविहीन व्यक्तिलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई साङ्केतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हक को स्पस्ट व्यवस्था गरेको छ तर रुपेश र सुस्मिता त्यस्ता अपवाद्हन् जसलाई संबिधानको कुनैपनि धारा र उपधाराले छुंदैन वा उनिहरुमाथी लागू हुँदैन ।

यस विषयमा सम्बन्धित स्थानीय सरकारको ध्यान जान जरुरी छ र रुपेश र सुस्मिता लाई विद्यालय पठाउन वा बिर्सना लाई भेटेर सहयोग गर्न चाहनेहरुले ९८५७८३५१५७ मा संपर्क गर्न अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here