क्रान्तिकारी माओवादीका पाँच नेताहरु पक्राउ (विज्ञप्तीसहित)

134

बाँके /  नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको भोलीदेखि शुरु हुने पाँच नम्बर प्रदेशको सम्मेलनको तयारीमा जुटिरहेको अवस्थामा आज बाँकेको नेपालगञ्जबाट पाँच जना नेताहरु गिरफ्तार भएका छन ।

उनीहरुलाई वडा प्रहरी कार्यालय नेपालगञ्जको प्रहरी टोलीले सम्मेलनको तयारीमा जुटिरहेको अवस्थामा गिरफ्तार गरेको हो । आफ्ना नेताहरुको गिरफ्तारी भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले विज्ञप्ती मार्फत रिहाको माग गरेको छ ।

मोर्चाले प्रहरीले बिना कारण आफ्ना नेताहरुमाथि प्रहरीले हिरासतमा राखेको भन्दै घटनाको निन्दा गरेको छ । नेताहरुलाई अबिलम्ब बिनासर्त रिहा गर्न समेत उसले माग अघि सारेको छ ।

मोर्चाको बाँके जिल्ला संगठनका अध्यक्ष सुरेश ओलीद्धारा जारी गरिएको विज्ञप्ती अनुसार गिरफ्तार पर्नेहरुमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का महासचिव धनेश्वर पोख्रेल शिशिर, पार्टीको पाँच नम्बर प्रदेश सदस्य विराट शाही, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य इन्द्र दमाई, क्रान्तिकारी युवा लिगका जिल्ला सदस्य राकेश बस्नेत लगायत रहेका छन ।

गिरफ्तारिको विषयमा वडा प्रहरी कार्यालयका इनिस्पेक्टर नारायण डाँगीले अनुसन्धान प्रकृया जारी रहेको जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here