प्रचण्डलाई ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

25

अमेरिका /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आतंकवादी भन्दै उजुरी परेको खबर बाहिर आएलगत्तै पुनः ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भएको छ ।

मुलुकभित्र विवाद परेका र अमेरिका जाने अन्य यस्ता नेताका नाममा यस्तो सर्कुलर जारी हुने गर्छ ।सर्कुलरपछि अमेरिकी सरकारका कुनै पनि निकायले कारबाही अगाडि बढाउन सक्दैनन् । भ्रमण अघि बढाउन अमेरिकी राजदूत रेण्डी बेरीले दाहालकै निवासमा पुगेर भेट गरी यस्तो सन्देश दिएका थिए ।

उपचारका लागि अमेरिका पुगेका प्रचण्ड उनको पत्नी सीता दाहालको अमेरिकाको जोन हप्किन्स अस्पतालमा उपचार सुरु भएको छ । चिकित्सकको सल्लाह बमोजिम भर्ना गर्ने वा नगर्ने भन्ने यकिन भने भइसकेको छैन ।

उनकोे स्वास्थ्य परीक्षण गरेपछि कति समय उपचार गर्ने विषय तय हुने नेपाली दूतावास स्रोतले जनाइएको छ । उपचारको सबै समन्वय डिसीस्थित नेपाली दूतावासले गरेको छ ।

दाहाल पत्नी सीता, छोरी गंगा र ज्वाइँसहित अमेरिका पुगेका हुन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here