वैशाख २ गतेवाट दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस टुर्नामेन्ट सुरु

195

काठमाडौं / आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गतवर्षदेखि टेनिस प्रतियोगिता आयोजना गर्दै आइरहेको आइएमई फाउन्डेसनले यसपटक २०७६ साल वैशाख ०२ गतेदेखि ०७ गतेसम्ममा ‘दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस टुर्नामेन्ट’ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्न लागेको छ।

कूल ३,२६,०००/–(अक्षेरुपीतीनलाख छब्बिस हजार) पुरस्कार राशिको उक्त एकल प्रतियोगितामा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका १ सय ५० प्रतिष्पर्धीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताको आवेदन फारम मिति २०७५ साल चैत ०५ गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्तीभंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीमा रितपूर्वक बुझाउनुपर्ने छ । आवेदन फारम माथि उल्लिखित स्थानका अतिरिक्त आइएमई फाउन्डेसनको आधिकारिक वेभ पेजधधध।ष्mभायगलमबतष्यल।यचनमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

आइएमई फाउन्डेसनले प्रतियोगिताको विषयमा पूर्ण जानकारी दिने उद्देश्यले पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना ग¥यो । पत्रकार सम्मेलनमाआइएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल (ढकाल), आइएमई फाउन्डेसनका सदस्य राजु पौडेल र जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन जुनियर टेनिस एसोसिएसनका तर्फबाट कृष्णराज घलेले आइएमई जस्तो सफलव्यवासायिकघरानाले खेलकुद क्षेत्र त्यसैमा पनि टेनिसको विकासमा देखाएको चासोप्रति प्रशन्नता व्यक्त गर्नुभयो । आयोजक संस्थाको तर्फबाट फाउन्डेसनका सदस्य राजु पौडेलले खेल क्षेत्रको विकासमा सहयोग पु¥याउने एवम् बालबालिकाहरूमा खेलकुदप्रतिको सीप विकास गराउने उद्देश्यलेयो प्रतियोगिता आयोजना गर्दै आइरहेको जनाउनुभयो ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित एक मुनाफा रहित परोपकारी संस्थाहो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here